सुनील ग्रोवर भारतीय टेलिभिजनका लोकप्रिय र प्रतिष्ठित अभिनेतामध्ये पर्छन्। ‘द कपिल शर्मा सो’बाट चर्चा आएका उनी अहिले बलिउड फिल्म क्षेत्रका हिस्सा बनिसकेका छन्। कमेडियनदेखि अभिनेतासम्मको उनको यात्रा हालसम्म सफल छ।
‘द कपिल शर्मा सो’ हुँदा उनको प्रशंसकको संख्यासँगै कमाइ पनि उत्तिकै धेरै थियो। उनी कार्यक्रममा डाक्टर मसुर गुलाठी र गुथ्थी पात्रको रुपमा उपस्थित हुन्थे। दुवै पात्र सामाजिक सञ्जालमा भाइरल थियो। यति अभिनय गरेबापत सुनीलले कार्यक्रमबाट ठूलो रकमको पैसा पाउँथे।
कोइमोइका अनुसार त्योबेला सुनीलको एक दिनको कमाई लगभग १२ लाख भारु थियो। महिनामा उनले ३५ लाख भारुभन्दा बढी पैसा कमाउँथे। भारतमा यति रकमले उनलाई हरेक दिन नयाँ गाडी किन्न पुग्थ्यो। सुनीलले ‘द कपिल शर्मा सो’ छाडेपछि पनि उनलाई टेलिभिजन र बलिउड फिल्मबाट थुप्रै अफरहरु आएको थियो।
उनी सलमान र कट्रिनासँगै ‘भारत’ फिल्म देखिएका थिए। त्यसलगतै उनले सैफअलि खानसँग ‘ताण्डव’ फिल्ममा अभिनय गरेका थिए। केही समयअघि सुनीलको मुख्य अभिनयम भारतीय सिरिज ‘सनफ्लावर’ रिलिज भएको थियो। यो सिरिजबाट पनि उनले निकै प्रशंसा पाएका थिए।