आफ्नै अभिव्यक्तिका कारण बारम्बार विवादमा आइरहने बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध आम आदमी पार्टीकी एक नेताले उजुरी हालेकी छिन्।
अभिनेत्री कंगनाले भारतको स्वतन्त्रतालाई भिखको संज्ञा दिएकोमा उनको भनाईलाई देशद्रोही अभिव्यक्ति भन्दै आम आदमी पार्टीकी कार्यकारिणी सदस्य प्रिती शर्माले मुम्बई प्रहरीमा उजुरी हालेकी हुन्।
यसअघि भारतीय कांग्रेसले पनि उनको अभिव्यक्तिको व्यापक विरोध गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
अभिनेत्री कंगना यस्तै किसिमका अभिव्यक्तिका कारण बारम्बार विवादमा परिरहन्छिन्।
यसअघि उनको अभिव्यक्तिमा समर्थन जनाउने गरेको भारतीय जनता पार्टीका नेता/कार्यकर्ताले पनि पछिल्लो समय विरोध गर्न थालेका छन्।