सिद्धार्थ मल्होत्राको आगामी एक्शन फिल्म ‘योद्धा’ को रिलीज मितिसँगै फस्टलुक सार्वजनिक भएको छ।
कलाकार मल्होत्रा आफैंले फिल्मको फस्ट लुक पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
फस्टलुक पोस्टर सेयर गर्दै सिद्धार्थले यहाँ एक जबरदस्त राइड हुने भन्दै फिल्मको उडानका लागि आफ्नो सिटबेल्ट बाँध्न आग्रहसमेत गरेका छन्।
उनले सागर अम्ब्रे र पुष्कर ओझाको जोडीद्वारा निर्देशित ‘योद्धा’ नोभेम्बर ११, २०२२ मा रिलिज हुने जानकारी दिएका छन्।
उनले चाडै फिल्मको महिला कलाकारको घोषणा गर्नेसमेत जानकारी दिएका छन्।
फिल्मलाई करन जौहरको धर्मा प्रोडक्सन र शशांक खेतानको मेन्टर डिसिप्लिन फिल्मस्ले निर्माण गरेको हो।