कट्रिना-विक्कीको विवाह समारोह सुरु भइसकेको छ र उनीहरुका फ्यान यो जोडीलाई देख्न आतुर छन्। तर कट्रिना-विक्कीको तर्फबाट कायम हुँदै आएको गोप्यताका कारण यो सम्भव भइरहेको छैन।
बिहेमा मितिदेखि अतिथिसम्मका जानकारी गोप्य राखिँदा भारतीय मिडियामा कट्रिना-विक्कीको बिहेबारे अनेक अडकलबाजी हुने क्रम जारी छ। यस्तै बेला भारतीय सञ्चारमाध्यममा यति गोप्यता कायम राख्ने कारणबारे खुलासा भएको छ।
मिड-डेका अनुसार कट्रिना-विक्कीको बिहे छायांकन गर्ने अधिकार अमेजन प्राइम भिडिओलाई बेचिसकिएको छ। यसका लागि यो स्टार जोडीलाई ८० करोड रुपैयाँ भारु पाउने छन्। यसै कारण बिहेसम्बन्धी हरेक जानकारी गोप्य राखिएको हो।
कट्रिना-विक्कीको बिहेमा अतिथिलाई स्मार्ट फोन लैजान समेत निषेध गरिएको छ। बिहेमा सहभागी अतिथिले बिहेका कुनै पनि तस्बिर वा फुटेज सेयर नगरुन् भनेर यसो गरिएको हो। डिसेम्बर ७ देखि ९ सम्म चल्ने विवाह समारोहका कुनै पनि जानकारी बाहिर आएको छैन। तर सामाजिक सञ्जालमा भने यो स्टार जोडी निरन्तर ट्रेन्डिङमा छन्।
यी दुई कलाकारबीचको विवाह समारोह भारतको राजस्थान, सवाई माधोपुरस्थित सिक्स सेन्स फोर्ट बर्वारामा चलि लागेको हो।