सन् १९९८ को सुपरहिट फिल्म 'कुछ कुछ होता है' बारे आज पनि विभिन्न सन्दर्भमा चर्चा चलिरहन्छ।
करण जौहरको निर्देशनमा बनेको त्रिकोणात्मक प्रेम कथामा शाहरुख खान, काजोल र रानी मुखर्जीको काम रुचाइएको थियो। यी तीनबाहेक फिल्मकी अर्की एक कलाकारले पनि विशेष चर्चा पाएकी थिइन्।
रानी मुखर्जीकी छोरी र फूच्ची अञ्जलीको भूमिकामा धेरैको मन जितेकी ती कलाकार हुन्, सना सइद।
'कुछ कुछ होता है' की सना ३३ वर्ष पुगिसकिन् र उनी सामाजिक सञ्जालमा निकै छिन्। एनडिटिभी इन्डियाका अनुसार सइद सामाजिक सञ्जालमा आफ्ना 'ग्ल्यामरस' र 'बोल्ड' तस्बिरहरु सेयर गरिरहेकी हुन्छिन्।
कुछ कुछ होता है पछि सइद एक दुई फिल्ममा देखिएकी थिइन्। त्यसपछि केही डान्स रियालिटी शोमा पनि उनको उपस्थिति देखियो। तर कुछ कुछ होता है बाट जस्तो माया र प्रशंसा उनले फेरि पाउन सकिनन्।
कतिले त उनलाई कुछ कुछ होता है की फूच्ची अञ्जली भनेर नचिन्ने भइसके।