सामाजिक सञ्जालमा ठूलो 'फ्यान फलोइङ' कमाएका जोन अब्राहमले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट सबै पोस्ट डिलिट गरेका छन्। अभिनेताले सबै फोटो र भिडिओसमेत मेटाउँदै इन्स्टाग्रामबाट आफ्नो डिस्प्ले तस्बिर पनि हटाएका छन्।
जोनको इन्स्टाग्राम एकाउन्टमा आलिया भट्ट, कृति सेनन, रणवीर सिंह, प्रियंका चोपडा र अन्य धेरै सेलिब्रेटी छन्। अभिनेता हालै नोभेम्बर २५ मा रिलिज भएको 'सत्यमेव जयते २' मा देखिएका थिए।
इन्डिया टुडेका अनुसार अभिनेता जोनले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट फोटो र भिडियोसहित आफ्ना सबै पोस्ट डिलिट गरेका हुन्।
जोनले झन्डै एक करोड फलोअर्स भएको इन्स्टाग्राम अकाउन्टका पोस्टहरु किन हटाए?
हालै सामाजिक सञ्जालमा एउटा क्लिप भाइरल भएको थियो जसमा जाेनले मुटुको संयन्त्रबारे व्याख्या गरिरहेको देखिन्छ। तर, ट्विटरमा खासै प्रभाव देखिएन। भिडियो कपिल शर्मा शो को सेट को हो जहाँ जोन र दिव्या खोसला कुमार आफ्नो फिल्म सत्यमेव जयते २ को प्रचारका क्रममा गएका थिए।
जोनले तनाव र खराब आहार कसरी खतरनाक छ भनेर बताए। उक्त भिडियोलाई प्रयोगकर्ता प्रेरणा क्षेत्रीले ट्विटरमा क्याप्सनसहित पोस्ट गरेकी छिन्, ‘हाम्रा मेडिकल विद्यार्थीहरूले यत्तिको आत्मविश्वास पाएको भए हुन्थ्यो! सबै हिसाबले बकवास!
जोनले यही कारण इन्स्टाग्राम अकाउन्डबाट पोस्ट डिलिट गरेका हुन् वा अरु नै कारण खुलाएका छैनन्।