शाहरुख खान आफ्नो अलग अभिनय क्षमताले स्थापित अभिनेता हुन्। उनी आफ्नो मिजासिलो र रमाइलो स्वभावका कारण पनि चिनिन्छन्। आफूबारे गरिने मजाकलाई उनी सहज रुपमा लिन सक्छन्। तर एक पटक भने उनले यो स्वभाव धेरै बेर टिकाउन सकेकन्।
कोइमोइका अनुसार इजिप्टका एक कमेडियन तथा प्र्यांकस्टारले मजाकको हद पार गरेपछि शाहरुखले उनलाई पिट्न खोजेका थिए। ‘रामेज अन्डरग्राउन्ड’ कार्यक्रम चलाउने प्र्यांकस्टार रामेज गलालले शाहरुखमाथि गरेको प्र्यांकस्टार निकै डरलाग्दो हुँदै गएपछि उनले आफ्नो होस गुमाएका हुन्।
सो भिडिओमा प्र्यांक चलिरहेको थियो जसबारे शाहरुखबाहेक सबैलाई जानकारी थियो। भिडिओमा शाहरुख अन्तार्वार्ता सक्काएर गाडीमा दुबईको मरुभूमितिर लागेको देखिन्छन्। एकाएक उनको गाडी मरुभूमिको बीचमा रोकिन्छ।
उनका गाडीका ड्राइभर बाटो हराएजस्तो नाटक गरेर माटोका दलदलमा फसेको बताउँछन्। त्यतितिखेर शाहरुख निकै डराएका देखिन्थे। उनी आत्तिएका हुन्छन्, तर पनि अरुलाई उद्दार गर्न खोजिरहेका थिए।
त्यसैबीच प्र्यांकस्टार रामेज डरलाग्दो लुगामा आएर तर्साउन खोज्छन्। अवस्था झनै गम्भीर हुन थालेपछि रामेजले आफ्नो पहिचान खुलाए र यी सबै केबल प्र्यांक रहेको बताए। रामेजको कुरा सुनेर शाहरुखको निकै रिसाए।
उनले ती प्र्यांकस्टारलाई गाली गर्दै पिट्नसमेत खोजे। उनले भनेका थिए, ‘यति गर्न तिमीहरुले मलाई भारतदेखि यहाँ बोलाएको?’ शाहरुखको रिस देखेर रामेज पनि डराएर। शाहरुखको खुट्टा छुँदै माफी माग्न थाले। यता शाहरुख भने उनलाई घिसार्दै दलदलतिर लगिरहेका थिए।
रामेज गलाल ठूला सेलिब्रेटीलाई प्र्यांक गरेकै कारण चर्चित छन्। उनले यसअघि हलिउडका कलाकार पेरिस हिल्टन, स्टिभेन सिगल र एन्टोनियो ब्यान्डेरासलाई समेत प्र्यांक गरिसकेका छन्। शाहरुखसँग गरिएको प्र्यांक भिडियोमा गम्भीर देखिए पनि पछि रामेजले आफ्नो ट्विटरमा उनीसँगको सेल्फी पोस्ट गरेका थिए।
यसपछि कयौँले सो प्र्यांक सबै नाटक रहेको अनुमान गरेका थिए। अल–आलम अखबारका अनुसार रामेजको प्र्यांकमा उपस्थित भएबापत शाहरुखले दुई करोड भारु रकम पाएका थिए। पछि शाहरुखका म्यानेजर पूजा ददलानीसँग कुरा गर्दा पनि शाहरुखले प्र्यांकमा रिसाएको अभिनय मात्र गरेको बताएकी थिइन्।