'बाहुबली' फिल्मबाट भारतभर मात्र होइन, संसारका अरू पनि थुप्रै देशका दर्शकमाझ दक्षिण भारतीय अभिनेता प्रभास चिनिन सफल भए।
बाहुबलीका दुई भागले उनको चर्चा र करिअरको शिखर एकैपटक चुलियो।
बाहुबलीको काम चलुन्जेल उनी कुनै फिल्ममा देखा परेनन्।
बाहुबलीका दुवै भाग आइसेकपछि भने उनी श्रद्धा कपूरसँग 'साहो' देखिए। साहोले राम्रै कमाइ गरे पनि सुपरहिट भने हुन सकेन।
यो वर्ष प्रभासको नयाँ फिल्म 'राधेश्याम' आउने तयारीमा थियो।
तर कोरोना महामारीका कारण यो फिल्म भनेको समयमा रिलिज हुन सकेन।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो वर्ष प्रभासको आउँदो फिल्म यो मात्र होइन।
उनका थप केही फिल्म सन् २०२२ र सन् २०२३ सम्ममा आउँदै छन्।
प्रभासले सबभन्दा पहिले चर्चा पाएको भने फिल्म 'डार्लिङ' बाट हो।
सन् २०१० मा रिलिज भएको डार्लिङमा दुई बालसखाको कथा छ। पारिवारिक फिल्म भएकाले यो धेरै दर्शकमाझ पुग्न सफल भयो।
यसपछि उनले थुप्रै एक्सन फिल्म पनि खेले। पछिल्लो साहोमा पनि भरपूर एक्सनमै छन्। तर राधेश्याममा उनी फेरि प्रेमी भएर फर्केका छन्।
यसपछि प्रभासको अर्को फिल्म आउँदैछ- आदिपुरुष। यो रामायणको कथामा आधारित छ।
आदिपुरुषपछि उनी 'सलार' मा फेरि एक्सन हिरो भएर फर्किँदै छन्।
यति मात्र होइन, उनी 'प्रोजेक्ट के' र 'स्पिरिट' मा पनि देखिँदै छन्।
उनका यी फिल्म अलग विधाका हुन्।