यसै साता रिलिज हुने ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको निर्देशनमा बनेको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ ले प्रचार प्रसारलाई तिब्रता दिएको छ।
बेंगलुरू, हैदराबाद र दुबई पछि एस.एस. राजामौली, जूनियर एनटीआर, राम चरणसहित 'आरआरआर' को टीमले सरदार वल्लभभाई पटेलको सालिक स्ट्याच्यू अफ युनिटीमा प्रमोशनल टुर गरेको छ।
यो सँगै 'आरआरआर' यस स्मारकमा जाने पहिलो भारतीय फिल्म भएको छ। हालसम्म यो स्मारकमा कुनै पनि फिल्मले आफ्नो प्रमोशन गरेका थिएनन्।
आरआरआर टिमले हैदराबाद, बेंगलुरू, बडौदा, दिल्ली, अमृतसर, जयपुर, कोलकाता, वाराणसीदेखि दुबईसम्म ब्राण्ड प्रमोसनको योजना बनाएको छ।
राजामौलीको 'आरआरआर' डल्बी सिनेमामा रिलीज हुने पहिलो भारतीय फिल्मसमेत हो।
फिल्ममा दक्षिण भारतीय सिनेमाका स्टार जुनियर एनटीआर, राम चरणसँगै बलिउडका चर्चित हस्तीहरु अजय देवगन, आलिया भट्टलगायतको अभिनय छ।
सन् १९२० को दशकमा अंग्रेजले शासन गरिरहेको भारतमा आफ्नो देशका लडेका दुई भारतीयहरुको कथालाई देखाइएको छ। फिल्ममा दुई फरकफरक समयको कथालाई देखाइएको छ।
फिल्ममा जुनियर एनटिआर कोमारम भिलको भूमिकामा देखिएका छन्। त्यस्तै, राम चरण अल्लुरी सितारामा राजु र आलिया भट्ट सीताको भूमिकामा देखिएका छन्। फिल्ममा अजय देवगण पनि प्रमुख भूमिकामा छन्। यी बाहेक फिल्ममा समुथिराकनी, अलिसन डोडी, रे स्टेभेनसन, श्रीया सरण, अरुन सागर लगायतको अभिनय रहेको छ।
पेन स्टुडियोका जयन्ती लाल गड्डाले उत्तर भारतमा वितरण राइट्स खरिद गरेको छन्। यस्तै सबै भाषामा संसारभरमा इलेक्ट्रोनिक अधिकारसमेत उनैले खरिद गरेका हुन्।पेन मरूधर फिल्मले दक्षिण भारतमा वितरणको अधिकार पाएको छ।
राजमौलीकै लेखनमा बनेको यो फिल्म हिन्दी, तेलगु, तामिल, कन्नड र मलायमसहितका भाषाहरुमा प्रदर्शन हुँदैछ। फिल्म चैत ११ गतेबाट प्रदर्शन हुँदैछ।
हेर्नुहोस् ट्रेलर