चर्चित कालो हरिण सिकार मामिलामा बलिउड अभिनेता सलमान खानलाई राजस्थान उच्च अदालतले केही राहत दिएको छ।
उच्च अदालतले सलमानले दायर गरेको ट्रान्सफर याचिकामाथि सोमबार सुनुवाई गर्दै याचिका स्वीकार गरेको हो।
यो सँगै उच्च अदालतले सलमानका सबै मुद्दाको सुनुवाइ उच्च अदालतमा एक साथ हुने भएको छ। उच्च अदालतको यो फैसलापछि सलमान खानलाई बारम्बार प्रोडक्सनमा पेशीका लागि हाजिर हुनुपर्ने बाध्यता हटेको छ।
सलमानका वकिलले सोमबार उच्च अदालतमा आफ्नो पूर्ण पक्ष प्रस्तुत गरेका थिए। त्यसपछि अदालतले आफ्नो फैसला सुनाएको हो। यस सुनुवाइका क्रममा सलमान खानकी बहिनी अलविरा अदालतमा उपस्थित थिइन्।
सन् १९९८ मा 'हम साथ साथ हे' फिल्मको सुटिङका ताका राजस्थानका स्थानीयले पवित्र मानेर पूजा गर्ने 'चिङ्कारा' (कालो हरिण) को सिकार गरेको आरोप उनीमाथि लागेको हो।
यस मुद्दामा सलमान खानबाहेक अन्य सबै अभियुक्तलाई अदालतले सफाइ दिएको छ।