दक्षिण भारतीय सुपरस्टार थालापति विजयको आगामी फिल्म ‘बिस्ट’ लाई कुवेतमा प्रतिबन्ध लगाइएको छ।
मुस्लिम र पाकिस्तानविरोधी दृश्य समावेश गरिएको भन्दै उक्त फिल्मलाई कुवेतमा प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यो होस्टेज थ्रिलर फिल्ममा पाकिस्तानी आतंकवादको मुद्दालाई उठाइएको र अरब मुलुकलाई आतंकवादीको आश्रयस्थलको रुपमा चित्रण गरिएको कुवेतको सेन्सर बोर्डले जनाएको छ।
कुवेत सरकारले यो फिल्मलाई मुलुकको हितविरूद्ध भएको ठहर गर्दै मुलुकमा प्रदर्शनमा रोक लगाएको हो।
नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको फिल्ममा विजयसँग प्रमुख भूमिकामा पूजा हेगडेको अभिनय छ। एक्सन थ्रिलरको यो फिल्म आगामी १४ अप्रिलमा रिलिज हुँदैछ।
फिल्म कुबेत बाहेक अन्य देशमा समेत प्रतिबन्ध लाग्न सक्ने बुझिएको छ ।
‘बिस्ट’ अघि दक्षिण भारतीय अभिनेता दुलकर सलमानको फिल्म ‘कुरूप’ र विष्णु विशालको फिल्म ‘एफआईआर’लाई पनि कुवेत सरकारले प्रतिबन्ध लगाएको थियो।