बलिउड अभिनेत्री यामी गौतमको फिल्म ‘दसवीं’ बिहीबारबाट ओटिटी प्लेटफर्ममा प्रदर्शन भइरहेको छ। यस फिल्ममा उनीसँगै अभिषेक बच्चन र निम्रत कौरको मुख्य भूमिका छ। यो फिल्म प्रदर्शनमा आएपछि भारतीय समीक्षकले समीक्षा गरिरहेका छन्।
यामीले एक अनलाइन पोर्टलको समीक्षा सेयर गर्दै आफ्नो अभिनयको समीक्षा नगरिदिन आग्रह गरेकी छन्।
उनको अभिनयको आलोचना गर्दै एक अनलाइनले लेखेको छ, ‘यामी गौतम अब हिन्दी फिल्ममा बितेकी गर्लफ्रेन्ड रहिनन् तर उनको मुस्कान बारम्बार दोहोरिरहन्छ।’
यामीले कुनै प्लेटफर्ममा आफूलाई तल देखाउन बारम्बार कोशिस गरिन्छ भने चुप नलाग्ने बताएकी छन्।
यामीले उक्त लाइनको स्क्रिनसट सार्वजनिक गर्दै लेखेकी छन्, ‘म के भन्न चाहन्छु, म भन्न चाहन्छु कि समग्रमा म रचनात्मक आलोचनालाई विकास र प्रगतिको रूपमा लिन्छु। तर जब एक निश्चित प्लेटफर्मले तपाईंलाई निरन्तर तल देखाउने प्रयास गर्छ, मलाई लाग्छ कि यसको बारेमा आवाज उठाउनु आवश्यक हुन्छ।’
उनले अर्का ट्विटमा लेखेकी छन्, ‘मेरो ‘ए थर्डिडे’, ‘बाला’ र ‘उरी’ जस्ता फिल्म छन्, तर मेरो कामको योग्य समीक्षा गरिएन। यो अत्यन्तै अपमानजनक छ। म जस्तो आफ्नै मेहनतले बनेका कलाकारले हरेकचोटी आफूलाई प्रमाणित गर्नुपर्छ।’ साथै, उनले अनलाइन पोर्टललाई आफ्नो अभिनयको समीक्षा नगर्न आग्रह गरेकी छन्।
‘दसवीं’ अप्रिल ७ तारिखदेखि नेटफ्लिक्स र जियो सिनेमा घरमा प्रदर्शन भइरहेको छ। फिल्ममा यामीले पुलिस अफिसरको भूमिका निभाएकी छन्।