बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान निर्देशनमा डेब्यू गर्दैछन्।
आर्यन रेड चिलीज् एन्टरटेन्मेन्टको एक वेब सिरिज र फिचर फिल्ममा काम गर्ने तयारीमा छन्। उनी वेब सिरिजको निर्देशक तथा लेखकको रुपमा फिल्म क्षेत्रमा प्रवेश गर्दैछन्।
पिंकभिलाका अनुसार उनले हालै मुम्बईको एक स्टुडियोमा वेब शोको डेमो सुट समेत गरिसकेका छन्।
उक्त वेब सिरिजको नाम तथा अन्य जानकारी भने हालसम्म सार्वजनिक भइसकेको छैन।