दक्षिण भारतीय फिल्म ‘केजीएफः च्याप्टर २’ ले बक्स अफिसमा आक्रमक ओपनिङ गरिरहेको छ। यो फिल्मले अग्रिम टिकट बुकिङमा नयाँ रेकर्ड राखेको थियो।
फिल्मले सबै भाषामा पहिलो दिन अनुमानित एक सय ७३ करोडदेखि १७८ करोड भारु कमाएको भारतीय सञ्चार माध्यम बलिमुभी रिभ्यूले जनाएको छ।
फिल्मले हिन्दी भर्जनमा मात्रै ५५ करोड भारु कमाएको छ। फिल्म कन्नड, तमिल, तेलुगु, हिन्दी र मलयालम गरी ४ भाषामा प्रदर्शन आएको छ।
फिल्मले पहिलो सातामा आमिर खानको ‘दंगल’ र एसएस राजमौलीको ‘बाहुबली-२’ को व्यापारिक रेकर्डलाई तोड्ने अनुमान समेत गरिएको छ । यो फिल्म सय करोडको बजेटमा बनेको बताइएको छ।
केजीएफः च्याप्टर २’ पिरियड ड्रामा सन् २०१८ मा रिलिज भएको ‘केजीएफः च्याप्टर १’ को दोस्रो भाग हो। फिल्ममा यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टी मुख्य भूमिकामा छन्।
प्रशान्त नीलले निर्देशन गरेको फिल्मलाई हम्बल फिल्म्सले निर्माण गरेका हुन्।