बलिउड अभिनेता रणवीर कपुर नयाँ फिल्मको सुटिङमा मनाली पुगेका छन्।
भर्खरै अभिनेत्री आलिया भट्टसँग बिहे गरेका उनी 'एनिमल' फिल्मको सुटिङका लागि मनाली पुगेको भारतीय सञ्चारमाध्यम एनडिटिभीले लेखेको छ।
'कबीर सिंह' फिल्मका निर्देशक सन्दीप रेड्डी भंगाको फिल्म एनिमलमा रणवीरसँगै मुख्य भूमिकामा दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना छन्।
'पुष्पाः द राइज' बाट उत्तरी भारत र अन्य हिन्दीभाषी दर्शकमाझ चर्चित बनेकी रश्मिकाको यो बलिउडमा डेब्यु फिल्म हो। उनी पनि सुटिङका लागि मनाली पुगेकी छन्।
फिल्ममा रणवीर र रश्मिकाबाहेक अभिनेताहरू अनिल कपुर, बबी देवल पनि देखिने छन्।
क्राइम थ्रिलर ड्रामा एनिमल सन् २०२३ अगस्ट ११ मा रिलिज हुने बताइएको छ।