दक्षिण भारतीय फिल्म ‘केजिएफः च्याप्टर २’ का अभिनेता यशले करोडौंको विज्ञापनको लागि अस्विकार गरेका छन्। यशले पान मसाला र इलायची ब्रान्डको विज्ञापन गर्न अस्विकार गरेका हुन्।
भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार यशले अस्विकार गरेको विज्ञापनको मूल्य करोडौं रहेको बताइएको छ।
यशको ब्रान्ड व्यवस्थापन गर्ने एन्डोर्समेन्टका प्रमुख अर्जुन बनर्जीका अनुसार यश र उनका साथी प्रशान्तसँग मिलेर एक समूह बनाएको थियो। जुन समूहले सकारात्मक सन्देश दिनको लागि प्रयोग गर्ने बताउँदै पान मसाला ब्रान्डको विज्ञापन अस्विकार गरेको हो।
बनर्जीले भने, ‘अहिले हामीले यो समूहलाई दीर्घकालीन रुपमा लैजाने सोचेका छौं। हालै हामीले पान मसाला ब्रान्डको विज्ञापन गर्न अस्विकार गरेका छौं। जसको मूल्य करोडौंको छ। हामी कोसँग संलग्न हुन्छौं भनेर एकदमै ध्यान दिनेछौं।’
पछिल्लो समय गुट्खा ब्रान्डको अलैंची उत्पादनको विज्ञापन गरेपछि बलिउड अभिनेता अक्षय कुमारको आलोचना भएको थियो। क्यान्सरजस्ता गम्भीर रोगलाई बढावा दिने पदार्थको प्रचार गरेको भन्दै उनको आलोचना भएको थियो।
विश्वव्यापी रुपमा एक हजार करोड भारतीय रुपैयाँभन्दा बढि कमाइ गरेको फिल्म ‘केजिएफः च्याप्टर २’ बक्स अफिसमा दिन प्रतिदिन नयाँ रेकर्ड राखिरहेको देखिन्छ।
त्यसकारण पनि फिल्मले जसरी सकारात्मक सन्देश बटुल्दै गएको छ त्यसलाई नकारात्मक आलोचना हुन नदिनको लागि पनि उनीहरूले पान मसलाको विज्ञापन नगरेको देखिन्छ।