बलिउड सेलेब्रेटीहरू आफूले बोलेका कुराबाट चर्चा र विवादमा आउनु नयाँ कुरा होइन। बेलाबेलामा उनीहरू यस्तो अभिव्यक्ति दिन्छन् जसले सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म उनीहरूकै चर्चा हुन्छ।
राम्रो कुराको चर्चा हुँदा त ठिकै हो, कहिलेकाहीँ उनीहरू एकदमै नराम्रा कुराले पनि विवादमा पर्छन्। यस्तै केही विवादमा आएका ५ बलिउड सेलेब्रेटीका बारेमा यहाँ उल्लेख गरिएको छ।
यी कलाकारले आफ्नै बारेमा झुट बोलेका थिए।
दीपिका पादुकोण-
दीपिकाले एक पटक आफू कहिले पनि डेटमा नगएको बताएकी थिइन्। जबकी उनको प्रेम प्रसंगबारे सञ्चारमाध्यममा सधैं चर्चा हुन्छ। अझ सिद्धार्थ माल्या, रणवीर कपुर र रणवीर सिंहसँगको सम्बन्ध त उनले खुलेरै स्वीकार गरेकी थिइन्। यसबाहेक फिल्मी करिअरमा जम्नुअघि उनको निहार पाण्ड्यासँग प्रेम सम्बन्ध रहेको पनि सञ्चारमाध्यमहरूले लेखेका छन्।
यसका बाबजुद उनले आफू कहिल्यै डेटमा नगएको बताएकी हुन्।
अनन्या पाण्डे-
अनन्याले एकपटक युएससी एनवर्ग स्कुल अफ जर्नालिजम एन्ड कम्युनिकेसनमा पढ्ने अवसर पाएको बताएकी थिइन्। उनकी कक्षाकी साथीले यो कुरा झुट भएको दाबी गरेकी छन्।
परिणिती चोपडा-
परिणितीले एकपटक आफूलाई आर्थिक संकट आइपरेको र बच्चा बेला आफूलाई नराम्ररी जिस्काउने गरेको अनुभव सुनाएकी थिइन्। उनकी स्कुलकी साथीले यो कुरा झुट भएको बताएकी छन्।
अभिषेक बच्चन-
अभिषेकले रावन फिल्मको सुटिङका लागि एकदमै मुस्किल स्टन्टहरू आफैं गरेको बताएका थिए। पछि बैंगलोरका डाइभिङ च्याम्पियन एमएस बलरामले रावनमा अभिषेकका स्टन्ट आफूले गरेको दाबी गरेका थिए।
रणवीर सिंह-
उनले बलिउडमा आफ्नो कोही पनि नातेदार नभएको बताएका थिए। आफू बलिउडमा एकदमै बाहिरको मान्छे भएको उनले बताएका थिए। तर बलिउडका चर्चित अभिनेता अनिल कपुर उनका आफन्त हुन्।
अनिल कपुरकी श्रीमती सुनिता र रणवीरकी आमा अन्जु दिदीबहिनी पर्छन्। त्यसैले अनिल कपुर रणवीरका अंकल पर्छन्।
(बलिउड लाइफको सहयोगमा तयार पारिएको)