कांग्रेस नेता, कमेडियन तथा क्रिकेटर नवजोत सिंह सिद्धुलाई बिहीबार सर्वोच्च अदालतले सडक दुर्घटना मुद्दामा एक वर्षको जेल सजाय सुनाएको छ।
१९८८ मा भएको सडक दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको थियो। ४ वर्षअघि उनलाई सर्वाेच्च अदालतले एक हजार रुपैयाँ जरिवाना तिराएर छोडेको थियो।
त्यतिबेला उनीविरुद्ध प्रमाण नपुगेको भन्दै अदालतले उनलाई छाडेको हो। तर, पीडितको परिवारले पुनरावलोकनका लागि निवेदन पेस गरेका थिए।
क्रिकेटरबाट राजनीतिमा प्रवेश गरेका सिद्धुलाई आजै गिरफ्तार गरिने टाइम्स अफ इन्डियामा उल्लेख छ। उनलाई पटियाला जेल पठाउने तयारी भइरहेको छ।
उनले ट्वीटरमार्फत कानुनलाई समर्थन गर्ने बताएका छन्।