बलिउड फिल्मकर्मी करण जोहरले बुधबार आफ्नो ५० औं जन्मदिन मनाए।
उनले यशराज स्टुडियोमा आफ्नो जन्मदिनको भव्य पार्टी आयोजना गरेका थिए। उनको पार्टीमा बलिउड सेलिब्रेटीको बाक्लो उपस्थिति थियो।
बलिउड लाइफका अनुसार पार्टीमा सलमान खान, अमिर खान, रणवीर सिंह, काजोल, रानी मुखर्जी, अभिषेक बच्चन, ऐश्वर्या राय, विक्की कौशल, कट्रीना कैफ, वरुण धवन, रोहित शेट्टी, सिद्धार्थ मल्होत्रा, कियारा अड्वानी, विजय देवराकोन्डा, रश्मिका मन्दनालगायत उपस्थित थिए।
उक्त पार्टीमा बलिउड अभिनेता सलमान खान, रणवीर कपूर र कट्रीना कैफको पनि जम्का भेट भयो।
सलमानसँग ब्रेकअप भएपछि कट्रीनाले रणवीर कपूरसँग डेट गरेकी थिइन्। उनीहरू लामो समयसम्म प्रेम सम्बन्धमा थिए। त्यसबीच उनीहरूले विवाह गर्न लागेको खबर समेत बाहिरिएको थियो। तर रणवीर र कट्रीनाको ब्रेकअप भयो।
ब्रेकअप भएपछि रणवीर र कट्रीना एकअर्कासँग टाढिएका थिए। लामो समयपछि उनीहरूको भेट करण जोहरको पार्टीमा भएको हो।
रणवीर आफ्नी आमा नीतु कपूर र अयान मुखर्जीसँग व्यस्त थिए। एकै पार्टीमा भए पनि रणवीर र कट्रीना एकअर्कासँग बोलेनन् भने सलमान आउने बित्तिकै कट्रीना मुस्कुराएकी थिइन्। पछिल्लाे समय सलमान र कट्रीनाबीच मित्रताकाे सम्बन्ध कायम छ।
गत वर्ष कट्रीना र विक्कीले विवाह गरेका थिए भने रणवीरले हालै आलिया भट्टसँग विवाह गरेका छन्।
कट्रीना र सलमान भने पछिल्लाे समय एकसाथ फिल्ममा काम गरिरहेका छन्। उनीहरूले हालै ‘टाइगर ३’ को छायांकन सकेका छन्।