बलिउडका अभिनेता शाहरूख खानका छोरा आर्यन खानले लागुऔषध मुद्दामा सफाइ पाएका छन्।
भारतीय सञ्चार माध्यम अमर उजालाका अनुसार एनडीपीएस अदालतमा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले दायर गरेको मुद्दामा आर्यनलाई शुक्रबार सफाइ दिइएको हो।
एनसीबीले मुम्बईको अदालतमा १४ जना विरुद्ध आरोपपत्र दायर गरेको थियो जसमा आर्यन खानको नाम सामेल गरिएको थिएन।
आर्यनलगायत अविन शाहू, गोपाल जी आनन्द, समीर साइघन, भास्कर अरोडा र मानव सिंघलविरुद्ध प्रमाण नपुगेको भन्दै आरोपपत्र खारेज गरेको हो।
मुनमुन धमेचा र अरबाज मर्चेन्टले सफाइ पाएका छैनन्। उनीहरु दुवैलाई लागुऔषध मुद्दामा अभियुक्त मानिएको छ।
अक्टोबर २ मा एनसीबीले एउटा पानीजहाजमा छापा मारेको थियो। जसमा आर्यन खानसहित १९ जना पक्राउ परेका थिए भने घटनास्थलबाट ६ जना पक्राउ परेका थिए।
गिरफ्तारीको क्रममा लागुपदार्थ बरामद नभएको भन्दै आर्यनलाई पक्राउ गरिएको एक महिनापछि अदालतले जमानतमा जेलबाट रिहा गरेको थियो।