दुबईको अबुधाबीमा शनिबार बलिउड आइफा अवार्ड वितरण गरिएको छ।
अवार्ड समारोहमा सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी अभिनित फिल्म 'शेरशाह'को वर्चश्व रह्यो। उत्कृष्ट फिल्मको अवार्ड जितेसँगै अन्य ४ अवार्ड पनि हात पारेको छ। यसै फिल्मबाट विष्णु वर्धनले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्।
‘सरदार उधम’बाट विक्की कौशलले उत्कृष्ट अभिनेताको अवार्ड जित्दा ‘मिमी’बाट अभिनेत्री कृति सेननले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन्।
अवार्ड समारोहमा सलमान खान, ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, विक्की कौशल, कृति सेनन, अनन्या पाण्डे, सारा अली खान, एआर रहमान, टाइगर श्राफ, नोरा फतेही, नरगिस फाखरी र पंकज त्रिपाठीलगायतका कलाकारहरुको उपस्थिति थियो।
२०२२ आइफा अवार्ड पूर्ण सूची :–
उत्कृष्ट फिल्म – शेरशाह
उत्कृष्ट निर्देशक – विष्णु वर्धन, (शेरशाह)
उत्कृष्ट अभिनेता – विक्की कौशल, (सरदार उधम)
उत्कृष्ट अभिनेत्री – कृति सेनन, (मिमी)
उत्कृष्ट अभिनेता (सहायक भूमिका) – पंकज त्रिपाठी, (लुडो)
सर्वोत्कृष्ट अभिनेत्री (सहायक भूमिका) – साई ताम्हनकर, (मिमी)
उत्कृष्ट डेब्यु अभिनेता – आहान शेट्टी, (तडप)
उत्कृष्ट डेब्यु अभिनेत्री – शर्वरी वाघ, (बन्टी और बबली २)
उत्कृष्ट पार्श्व गायक – जुबिन नौटियाल, (रतन लाम्बिया), शेरशाह
उत्कृष्ट पार्श्व गायिका – असीस कौर, (रतन लाम्बिया), शेरशाह
उत्कृष्ट गीत – कौसर मुनीर (लेहरा दो), फिल्म ८३
उत्कृष्ट मौलिक कथा – अनुराग बसु, (लुडो)
उत्कृष्ट स्टोरी एडाप्टेड – कबीर खान, सञ्जय पुरन सिंह, (८३)
उत्कृष्ट संगीत निर्देशकको अवार्ड ‘अतरंगी रे’का लागि एआर रहमान र ‘शेरशाह’का लागि तनिष्क बागची, जसलीन रोयल, जावेद–मोहसिन, बी प्राक, जानीले पाए।