बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफू प्रेम सम्बन्धमा रहेको खुलासा गरेकी छन्।
लामो समयदेखि सोनाक्षी र जहीर इकबाल प्रेम सम्बन्धमा रहेको चर्चा थियो। भारतीय सञ्चार माध्यम आजतकका अनुसार हालै उनीहरूले एकअर्काको प्रेममा भएको कुरा सार्वजनिक गरेका हुन्।
हालै जहीरले इन्स्टाग्राममार्फत सोनाक्षीलाई जन्मदिनको शुभकामना दिँदै ‘म तिमीलाई माया गर्छु’ लेखेका थिए। उक्त पोस्टको कमेन्टमा सोनाक्षीले लेखेकी थिइन्, ‘धन्यवाद, म पनि तिमीलाई माया गर्छु।’
सोनाक्षीले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक भिडिओ सेयर गर्दै क्याप्सन लेखेकी छन्, ‘सबै किन मेरो विवाहको पछि लागेका छन्?’
अर्काे पोस्टमा उनले व्यंग्य गर्दै लेखेकी छन्, ‘मेरो मेहेन्दी, रोका, संगीत, सबै पक्का गरिसकेको भए मलाई पनि बोलाउनु होला।’
सोनाक्षीका प्रेमी जाहिर व्यापारी हुन्। जाहिरले सन् २०१९ मा फिल्म नोटबुकबाट अभिनयमा पनि डेब्यू गरेका थिए। हाल उनीहरू फिल्म ‘डबल एक्सएल’मा काम गरिरहेका छन्।