दक्षिण भारतीय अभिनेता कमल हसनको फिल्म ‘विक्रम’ दुई सय करोड क्लबमा समावेश भएको छ।
भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार फिल्मले पाँच दिनमा विश्वव्यापी रुपमा दुई सय करोड भारतीय रुपैयाँ कमाएको हो।
भारतीय बजार विश्लेषक रमेश बालाले ट्वीट गर्दै लेखेका छन्, ‘विक्रमले विश्वव्यापी रुपमा दुई सय करोड कमाएको छ।’ फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको हुँदा छिट्टै पाँच सय करोड कमाइ गर्ने भारतीय विश्लेषकको अनुमान छ।
फिल्मले दर्शकहरूको साथ पाउनुको साथै भारतीय समीक्षकले पनि राम्रो प्रतिक्रिया दिएका छन्।
लोकेश कनागराजले निर्देशन गरेको फिल्ममा कमल हसनसँगै विजय सेतुपति र फहाद फासिलको अभिनय छ।
थ्रिलर जनराको फिल्म हिन्दी, मलयालम, कन्नड, तमिल र तेलुगु गरी पाँच भाषामा प्रदर्शन भइरहेको छ। यो फिल्मसँगै बलिउड अभिनेता अक्षय कुमार र मानुषी छिल्लर अभिनित फिल्म 'सम्राट पृथ्वीराज' पनि प्रदर्शन भइरहेको छ।
तर अक्षयको फिल्मले बक्स अफिसमा कमजोर व्यापार गरेको छ। फिल्मले पाँच दिनमा ४८ करोड ६५ लाख भारु कमाएको छ।