सन् २०१८ मा आनन्द एल रायको जिरोपछि फिल्मबाट लामो समय ब्रेक लिएका शाहरुख खानको सन् २०२३ मा तीन वटा फिल्म प्रदर्शन हुने भएको छ।
यशराज प्रोडक्सनद्वारा निर्मित एक्सन स्पाइ ड्रामामा देखिने शाहरूख खानले एक्सन प्याक कमब्याक गर्ने भएका छन्।
यसबाहेक उनी राजकुमार हिरानीको फिल्म डंकी र साउथ फिल्ममेकर एटली कुमारको फिल्म जवानमा पनि मुख्य भूमिकामा देखिनेछन्।
शाहरूखले आफ्ना तीन वटै फिल्म पठान, डंकी र जवानको औपचारिक घोषणासँगै टिजर र रिलिज मितिसमेत घोषणा गरेका छन्।
उनका तीन वटै फिल्म सन् २०२३ मा रिलिज हुने भएका छन्। तीनवटै फिल्म बिग बजेटका हुन्। तीन वटै चलचित्रको कुल बजेट ५ सय करोड भारू हुने अनुमान गरिएको छ।
पठान - २५ जनवरी २०२३
पठानको कुरा गर्दा यो फिल्ममा शाहरूखसँगै दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया महत्वपूर्ण भूमिकामा देखिनेछन्।
यसबाहेक पठानमा सलमान खानको क्यामियो पनि छ जुन फिल्मको हाइलाइटमा रहनेछ। पठान २५ जनवरी २०२३ मा हिन्दीका साथै तमिल र तेलुगुमा रिलिज हुनेछ।
जवान - २ जुन २०२३
जवानको कुरा गर्दा यो फिल्ममा शाहरुखसँगै नयनतारा, सान्या मल्होत्रा, सुनील ग्रोवर जस्ता कलाकारहरु महत्वपूर्ण भूमिकामा देखिनेछन्।
यो एक एक्सन मनोरञ्जनात्मक फिल्म हो। यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलायालम र कन्नड भाषामा जुन २, २०२३ मा विश्वभरका सिनेमाघरहरूमा रिलिज हुनेछ।
जवान रेड चिलीज इन्टरटेनमेन्टद्वारा प्रस्तुत फिल्मलाई गौरी खानले निर्माण गर्नेछन्।
डंकी - २२ डिसेम्बर, २०२३
तापसी पन्नु डंकीमा पहिलो पटक शाहरूखको अपोजिटमा देखिनेछिन्।
राजकुमार हिरानीले निर्देशन गरेको यो फिल्म कमेडीसँगै भावनात्मक ड्रामा हो। जियो स्टुडियो, रेड चिलीज इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिल्म्सले संयुक्त रुपमा चलचित्र प्रस्तुत गर्नेछन्। डन्की २२ डिसेम्बर २०२३ मा रिलिज हुनेछ।