बलिउड अभिनेत्री महिमा चौधरीलाई स्तन क्यान्सर भएको छ।
उनलाई स्तन क्यान्सर भएको भन्दै अभिनेता अनुपम खेरले इन्स्टाग्राममा एक भिडिओ सार्वजनिक गरेका छन्।
अनुपम खेरले महिमा चौधरीको भिडिओ सार्वजनिक गर्दै लेखेका छन्, ‘मैले एक महिना पहिला महिमालाई आफ्नो ५२५ औं फिल्म ‘द सिग्नेचर’मा काम गर्नको लागि अमेरिकाबाट फोन गरेको थिएँ। तर कुराकानीको समयमा थाहा भयो कि महिमा स्तन क्यान्सरबाट पीडित छिन्। महिमा चाहान्थिन् कि यो कुरा अनुपमले सबैसँग सेयर गरुँन, किनकि महिमाको मनोवृत्तिले संसारभरिका महिलाहरूलाई साहस दिनेछ।’
‘मलाई क्यान्सरको कुनै लक्षण थिएन। मेरो नियमित जाँचमा मलाई स्तन क्यान्सर छ भनेर थाहा भयो। म अहिले ठिक छु,' महिमाले उक्त भिडिओमा बताएकी छन्।
अभिनेत्री महिमाले अनुपम खेरले फोन गर्दा आफू अस्पतालमा उपचार गरिरहेको बताइन्। उनले आफ्नो टाउकोमा कपाल नभएको कारण अन्य थुप्रै फिल्म अस्वीकार गरेकी छन्।