दक्षिण भारतीय फिल्मले विश्वव्यापी रुपमा राम्रो व्यापार गरिरहेकाे छ। पछिल्लो समय बलिउडदेखि लिएर नेपालमा पनि दक्षिण भारतीय फिल्मकै दबदबा देखिन्छ।
बलिउड फिल्महरू धमाधम फ्लप भइरहँदा पनि दक्षिण भारतीय फिल्मको क्रेज घटेको छैन। एकसाथ प्रदर्शनमा आएका अक्षय कुमारको फिल्म ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा असफल हुँदा कमल हसनको दक्षिण भारतीय फिल्म ‘विक्रम’ले राम्रो प्रदर्शन गरिरहेको छ।
दक्षिण भारतीय फिल्मसँगै कलाकारहरूको पनि उतिकै चर्चा छ। पछिल्लो समय दक्षिण भारतीय अभिनेत्रीहरूले पनि महंगो पारिश्रमिक लिन थालेका छन्।
महंगो पारिश्रमिक लिने दक्षिण भारतीय अभिनेत्रीहरू:
नयनतारा
नयनतारा दक्षिण भारतकी लेडी सुपरस्टारको रुपमा परिचित छिन्। उनी एक फिल्मको लागि निकै महंगो पारिश्रमिक लिन्छिन्। भारतीय मिडियाको रिपोर्टअनुसार उनले आगामी फिल्मको लागि १० करोड भारतीय रुपैयाँ लिने भएकी छन्।
रश्मिका मन्दना
रश्मिका मन्दनालाई नेशनल क्रश पनि भनिन्छ। उनलाई २०२० मा गुगलले नेशनल क्रश घोषित गरेको थियो। उनी छोटो समयमै चर्चा पाउने अभिनेत्री पनि हुन्। उनै रश्मिका एक फिल्मबाट ३ करोड भारतीय रुपैयाँ लिन्छिन्।
पूजा हेगडे
महंगो पारिश्रमिक लिने अभिनेत्रीमा पूजा हेगडे पनि पर्छिन्। उनी एक फिल्मबाट ३ देखि ४ करोड भारतीय रुपैयाँ लिन्छिन्।
रकुल प्रीत सिंह
रकुल प्रीत सिंह बलिउडसँगै टलिउडमा पनि चर्चित छिन्। उनले अजय देवगनको फिल्म ‘रनवे ३४’ बाट ३ करोड ५० लाख भारतीय रुपैयाँ लिएकी थिइन्।
सामान्था रुथ प्रभु
सामान्था एक फिल्मबाट ३ देखि ५ करोड रुपैयाँ पारिश्रमिक लिन्छिन्। उनले ‘पुष्पा’को एउटा आइटम गीतको लागि ५ करोड भारतीय रुपैया लिएको चर्चा छ।
(बलिउड लाइफको सहयोगमा तयार पारिएको)