बलिउड अभिनेता रणवीर सिंहले मुम्बईको बान्द्रामा करिब ११९ करोड भारतीय रूपैयाँ (करिब २ अर्ब नेपाली रुपैयाँ) मा घर किनेका छन्।
भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार बान्द्रामा घर किनेसँगै उनी शाहरुख खान र सलमान खानको छिमेकी बन्दैछन्। उनको घर मन्नत अर्थात् शाहरुख खानको निवास र ग्यालेक्सी अपार्टमेन्ट अर्थात् सलमान खानको निवासको बीचमा छ।
ओह फाइभ ओह मिडिया वकर्स एलएलपीले रणवीरसँग बान्द्राको सागर रेशम नामको भव्य भवनका लागि पनि सम्झौता गरेको छ। यो १६, १७, १८ र १९ औं तल्लामा फैलिएको छ। रणवीरको यो अपार्टमेन्ट बान्द्राको बिजे रोड ब्यान्डस्टेशनमा छ।
यो भवनको सम्झौता गर्न रणवीरसँग उनका बुबा जगजीतसुन्दर सिंह भावनानी पनि गएका थिए।
उनको घर ११ हजार २६६ स्क्वायर फिटमा छ जसमा १३०० स्क्वायर फिटको बार्दली र बगैँचा छ।
रणवीर आगामी फिल्म 'रकी रानीको प्रेम कहानी'को छायांकनमा व्यस्त छन्। करण जोहरले निर्देशन गरेको फिल्ममा रणवीरसँगै आलिया भट्ट र धर्मेन्द्रको अभिनय छ।
यो फिल्मसँगै रणवीर रोहित शेट्टीको फिल्म 'सर्कस' प्रदर्शनको पखाईमा छन्।