केही समयअगाडि बलिउड अभिनेता रणवीर कपूरले अभिनेत्री आलिया भट्टसँग बिहे गरेका छन्। बिहेअघि रणवीरको थुप्रै अभिनेत्रीहरूसँग प्रेम सम्बन्ध थियो।
'कफी विथ करण' कार्यक्रममा दीपिका पादुकोण र सोनम कपूरलाई करण जोहरले रणवीरसँगको प्रेम जीवन बारे सोधेका थिए। उनीहरूले रणवीरलाई 'चिटर' अर्थात् धोकेबाज र 'प्ले ब्वाई'को संज्ञा दिएका थिए।
त्यसबेला रणवीरले केही प्रतिक्रिया दिएका थिएनन्। हालै एक अन्तर्वार्तामा भने उनले यसबारे प्रतिक्रिया दिएका छन्।
‘मलाई जसरी लिँदा पनि हुन्छ, मलाई कुनै आपत्ति छैन। मलाई मेरो जिन्दगी र काम प्यारो छ। म मेरो परिवारलाई माया गर्छु र मैले पाएको जिन्दगीप्रति कृतज्ञ छु। म एक अभिनेता हुँ। मेरो बारेमा मानिसहरूले जे पनि भन्न सक्छन्। तर मेरो ध्यान राम्रो फिल्म बनाउनमा केन्द्रित छ,’ उनले भने, 'त्यसैले मेरो बारेमा जति नराम्रो भने पनि यसले मलाई केही फरक पर्दैन।’
उनले आफूले धोकेबाजको उपनाम पाए पनि केही फरक नपर्ने बताउँदै भने, ‘मलाई धोकेबाजको उपनाम दिए पनि यो मानिसहरूले सुनेको अरूको धारणा हो। उनीहरूले मेरो धारण सुनेका छैनन् र सुन्ने पनि छैनन्। म यहाँ काम गर्न र अभिनेता बन्न आएको हुँ।'
रणवीर अभिनित फिल्म 'शमशेरा' जुलाई २२ बाट रिलिज हुँदैछ। फिल्ममा रणवीरसँगै सञ्जय दत्त, वाणी कपूर, आशुतोष राणा, सौरभ शुक्ला र रोनित रोयलगायत कलाकारको अभिनय छ।
यशराज ब्यानरको निर्माण भएको ‘शमशेरा’लाई करण मल्होत्राले निर्देशन गरेका हुन्।