शुक्रबार भारतमा ६८ औं नेशनल फिल्म अवार्ड घोषणा भएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार बलिउड अभिनेता अजय देवगन र दक्षिण भारतीय अभिनेता सूर्याले ६८ औं नेशनल अवार्ड जितेका छन्। अजयले ‘तान्हाजी’ र सूर्याले ‘सोरारई पोटारू’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन्।
उत्कृष्ट हिन्दी फिल्म ‘तुलसीदास जूनियर’ घोषित भएको छ। पपुलर फिल्मको अवार्ड भने अजय देवगनको फिल्म ‘तान्हाजी’ले नै जित्यो।
‘सोरारई पोटारू’ ले पाँच विधामा नेशनल अवार्ड जितेको छ। यसै फिल्मबाट अभिनेत्री अपर्णा बालमुरलीले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्। उत्कृष्ट फिचर फिल्मको विधा पनि तमिल भाषाको फिल्म ‘सोरारई पोटारू’ले जित्यो।
‘सारारई पोटारू’बाट उत्कृष्ट म्यूजिक निर्देशनको अवार्ड जीवीप्रकाश कुमारले जित्दा उत्कृष्ट स्क्रीन-प्ले सुधा कोन्गरा र शालिनी उषादेवीले जितेका छन्।
उत्कृष्ट संगीत निर्देशनको अवार्ड भने विशाल भारद्वाजले फिल्म ‘१२३२ किलोमिटर’बाट जितेका छन्।
६८ औं नेशनल अवार्डमा दक्षिण भारतीय फिल्महरूको वर्चश्व रह्यो।