टेलिभिजन दुनियाँका चर्चित कमेडियन हुन् सुनिल ग्रोवर। उनी कमेडीसँगै फिल्म क्षेत्रमा पनि उतिकै सक्रिय छन्।
'कपिल शर्मा शो'मा डाक्टर मसूर गुलाटीको भूमिका निर्वाह गरेर सुनील ग्रोवरको चर्चा चुलिएको हो। यसबाहेक उक्त शोमा उनी गुथ्थी र अन्य भूमिकामा पनि देखिएका थिए।
लामो समयसम्म अभिनय क्षेत्रमा संघर्ष गरिसकेपछि उनी पछिल्लो समय लाखौं करौडौं दर्शकको मनमा बस्न सफल छन्।
पञ्जाब युनिभर्सिटी चण्डीगढमा थिएटरमा स्नातकोत्तर गर्दै उनले अभिनय क्षेत्रमा प्रवेश गरेका थिए। दिवंगत हास्य कलाकार तथा अभिनेता जसपाल भट्टीलाई ग्रोवर आफ्नो प्रेरणाको स्रोत मान्छन् जसले उनलाई एक मेहनती र समर्पित कलाकार बन्नलाई सल्लाह दिएका थिए।
सुनील ग्रोवर अहिले टिभीमा सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार मध्ये एक हुन्। थिएटर हुँदै फिल्ममा प्रवेश गरेका सुनिलले सुरुमा नाटकमा अभिनय गरे बापत ५०० रूपैयाँ कमाउने गर्थे। अहिले उनी एक एपिसोडबाटै १० देखि १२ लाख भारतीय रूपैयाँ पारिश्रमिक लिन्छन्।
उनी आफ्नो पत्नी आरती ग्रोवर र छोरा मोहन ग्रोवरसँग एक शानदार घरमा बस्छन्। उनीहरू बिलासी जीवन बाँचिरहेका छन्।
सुनीलसँग बिएमडब्लु ५ सिरिजको कार छ जसको मूल्य लगभग ६० लाख भारतीय रुपैयाँ पर्छ। यो कार उनको ग्यारेजभित्र पार्किङमा छ भने उनी अर्काे महँगो कार बिएमडब्लु ७ सिरिज चढेर हिँड्छन् जसको मूल्य लगभग १ करोड भारतीय रूपैयाँ रहेको छ।
सुनील अभिनयसँगै व्यवसायमा पनि व्यस्त छन्। उनी नाइके एयर जोर्डन बाण्डकाे १५ हजार पर्ने जुत्ता लगाउछँन्। उनी थिएटर, फिल्म, ओटिटी प्लाटफर्म र टेलिभिजन शोबाट राम्रो कमाइ गरिरहेका छन्। उनी विभिन्न विज्ञापन पनि गरिरहेका हुन्छन्।
भारतीय सञ्चारमाध्यम टेलिचक्करको रिपोर्टअनुसार सुनील ग्रोवरको कुल सम्पत्ति लगभग २१ करोड भारतीय रुपैयाँ (करिब ३३ करोड ६४ लाख नेपाली रुपैयाँ) छ।