आमिर खानको ‘लाल सिंह चड्डा’ र अक्षय कुमारको ‘रक्षा बन्धन’ आजबाट प्रदर्शनमा आएका छन्।
यी दुबै चलचित्रले ५ दिन अगाडिबाटै अग्रिम बुकिङ खुलाएका थिए। भारतीय सञ्चार माध्यमका अनुसार अग्रिम बुकिङमा अक्षय कुमारभन्दा आमिर खान अगाडि छन्।
‘लाल सिंह चड्डा’ ले अग्रिम बुकिङको ५ दिनमा १२ करोडको व्यापार गरेको थियो भने ‘रक्षा बन्धन’ ले ५ दिनमा ५ करोड मात्रै कमाउन सफल भएको छ ।
‘लाल सिंह चड्डा’ले ओपनिङ डेको ५७ हजार टिकट बिक्री भएको जनाएको छ भने रक्षा बन्धनले ३५ हजार टिकट बिक्री गरेको छ।
पहिलो दिन अर्थात पहिलो दिन १८० करोडको बजेटमा बनेको ‘लालसिंह चड्डा’ले १५–१७ करोड र ७० करोडको बजेटमा बनेको ‘रक्षा बन्धन’ले १२–१४ करोड कमाउन सक्ने अनुमान लगाइएको छ।
बक्सअफिसमा यो ठूलो भिडन्तमा यी दुईमध्ये कुन फिल्मले बाजी मार्छ त्यो हेर्न बाँकी छ ।
अद्वैत चन्दन निर्देशित ‘लाल सिंह चड्ढा’ मा आमिर खानसहित करीना कपूर खान, मोना सिंह र नागा चैतन्य पनि मुख्य भूमिकामा देखिनेछन्।
आनन्द एल राई निर्देशित ‘रक्षा बन्धन’ मा अक्षय कुमारसहित भूमि पेडनेकर, सादिया खातिब, सहजमिन कौर, दीपिका खन्ना र स्मृति श्रीकान्त पनि मुख्य भूमिकामा छन्।