२ सय करोड ठगी मामिलामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजविरुद्ध प्रवर्तन निर्देशालय (ईडी) ले आरोपपत्र दायर गर्ने तयारी गरेकाे छ।
ईडीले यस मामिलामा छानबिन सकेर अभिनेत्री ज्याकलिनविरूद्ध आराेपपत्र दायर गर्न लागेकाे हाे।
भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार ज्याकलिनविरूद्ध बुधबार नै आराेपपत्र दायर गर्न लागेकाे छ। ईडीले ज्याकलिनलाई पहिलै सुकेश अपराधी भनि थाहा भएको र उनले सुकेशसँग जबरजस्ती पैसा असुल्ने गरेको आरोप लगाएकाे छ।
प्रहरीका अनुसार सुकेशले ठगी गरेको रकमबाट ज्याकलिनलाई दश करोड भारूभन्दा बढीको महँगो उपहार, एउटाको ९ लाख भारु पर्ने चारवटा पर्सियन बिरालो र ५२ लाख भारू पर्ने घोडा उपहार दिएका थिए।
सुकेशले ज्याकलिनका पारिवारलाई पनि मोटो रकम पठाएको खबर बाहिरिएको छ।
ज्याकलिनको नाम ठगी मुद्दामा मुछिएसँगै उनलाई भारत छाडेर जान पनि रोक लगाइएको थियो। यस मुद्दामा लामो समयदेखि अनुसन्धान भइरहेको छ। ईडीले ज्याकलिनलाई पटकपटक सोधपुछका लागि बोलाएका थिए।