पछिल्लो समय बलिउडमा दक्षिण भारतीय फिल्मकै दबदबा देखिन्छ। दक्षिण भारतीय फिल्म हिन्दी डबमा हेरेर रूचाउने दर्शक धेरै छन्।
तिनै कलाकार बलिउड फिल्ममा भने रूचाइएका छैन। कमै दक्षिण भारतीय कलाकार छन् जसले बलिउडमा आफ्नो छाप छोडेका छन्।
आज हामी बलिउड फिल्ममा नरूचाइएका अभिनेताको कुरा गर्दैछौं-
विजय देवरकोन्डा
दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डाको बलिउड फिल्म 'लाइगर' प्रदर्शन भइसकेको छ। दक्षिण भारतीय फिल्म 'गीता गोविन्दम', 'अर्जुन रेड्डी', 'डियर कमरेड' जस्ता हिट दिएका विजय बलिउडमा फ्लप सावित भएका छन्।
उनकाे बलिउड डेब्यु फिल्म 'लाइगर'ले मिश्रित समीक्षा पाउनुको साथै बक्स अफिसमा फ्लप भएकाे छ।
नागा चैतन्य
दक्षिण भारतीय अभिनेता नागा चैतन्यले आमिर खानको फिल्म 'लाल सिंह चड्डा'बाट डेब्यु गरेका थिए। यो फिल्म बक्स अफिसमा असफल हुनुको साथै नागालाई पनि दर्शकले खासै रूचाएनन्।
दलक्वीर सलमान
मलयालम फिल्मका स्टार दलक्वीर सलमान इमरान खानको फिल्म 'कारवां' र सोनम कपूरसँग 'जोया फ्याक्टर'मा देखिएका थिए। दुवै फिल्म बक्स अफिसमा फ्लप भए।
सुर्या
तमिल सुपरस्टार सुर्याले हिन्दी फिल्ममा डेब्यू गरिसकेका छन्। उनी फिल्म 'रक्त चरित्र २' मा देखिएका थिए। योसँगै उनी आफ्नो तमिल फिल्म 'ईटी'को हिन्दी संस्करण लिएर फिल्म हलमा पुगेका थिए। दुवै फिल्म बक्स अफिसमा असफल भए।
राम चरण
तेलुगु अभिनेता राम चरणले फिल्म 'जन्जिर'बाट बलिउडमा डेब्यु गरेका थिए। यो फिल्म बक्स अफिसमा फ्लप भयो। 'आरआरआर' मार्फत उनले हिन्दी दर्शकको माया पाएका छन्।
(जी-न्यूजकाे सहयाेगमा तयार पारिएकाे)