मणिरत्नम निर्देशित फिल्म 'पोन्नियिन सेल्वन- पिएस १' आगामी शुक्रबारबाट प्रदर्शन हुँदैछ।
प्रदर्शन मिति नजिकिँदै गर्दा यो फिल्म विवादमा परेको छ। केही समयअगाडि भारतमा फिल्मको टिकट दर चर्काे भएको भन्दै विवाद भएको थियो। अब यो फिल्मको क्यानडामा पनि विरोध भइरहेको छ।
क्यानडाका हलवालाहरूलाई फिल्मको प्रदर्शन नगर्न केही मान्छेहरूले धम्की दिइरहेका छन्। लामो समयदेखि क्यानडामा तमिल फिल्मको विरोध भइरहेको छ।
ऐश्वर्याको ‘पोन्नियिन सेल्वन’ भन्दा अगाडि क्यानडामा सनी देओलको फिल्म ‘चुप’को पनि विरोध भएको थियो। ‘पिएस १’ को पनि विरोध भएपछि क्यानडाका हलवालाहरू डराइरहेको भारतीय सञ्चार माध्यम बलिउड लाइफमा उल्लेख छ।
यस फिल्मले हजार वर्ष पुरानो भारतको चोल साम्राज्यको कथा बताउँछ। फिल्ममा ऐश्वर्याले रानी नन्दिनीको भूमिका निर्वाह गरेकी छन्।
फिल्ममा ऐश्वर्यासँगै चियान विक्रम, जयराम रवि, सरथकुमार, प्रभु, अश्विन काकुमानद, शोविता धुलिपललगायत कलाकारको अभिनय छ। फिल्म १९५५ को कल्की कृष्णमूर्तिको उपन्यास ‘पोन्नियन सेल्वान’ आधारित छ।
फिल्म आगामी ३० सेप्टेम्बरबाट हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा प्रदर्शन हुनेछ।