बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिजलाई प्रवर्तन निर्देशनालय (इडी) ले प्रमाण नष्ट गरेको आरोप लगाएको छ।
भारतीय सञ्चार माध्यम दैनिक जागरणका अनुसार सुकेश चन्द्रशेखरसँग २०० करोड भारु मनि लाउन्ड्रिङ (मुद्राको अवैध ओसारपसार) मुद्दामा प्रमाण नष्ट गरेको आरोप लगाएको हो।
दिल्लीको पटियाला हाउस अदालतले उनलाई दिएको सुरक्षा र अन्तरिम जमानतलाई बढाएर १० नोभेम्बरसम्म पुर्याइदिएको छ। तर इडीले ज्याकलीनको जमानत याचिकाको विरोध गरेको छ।
इडीले ज्याकलीनमाथि आफ्नो फोनबाट प्रमाण नष्ट गरेको र देश छोड्न कोसिस गरेको आरोप लगाएको हो।
ज्याकलीनले सोधपुछको क्रममा इडीसँग प्रमाण नष्ट गरेको कुरा स्वीकार गरेकी थिइन्। इडीले अनुसन्धान क्रममा उनले कहिलै सहयोग नगरको र अन्य प्रमाण लुकाएको बताएको छ।
चन्द्रशेखर र ज्याकलिनबीच प्रेम सम्बन्ध रहेको बताइएको छ। चन्द्रशेखरले ज्याकलिनलाई महंगा गहना र गाडी उपहार दिएका थिए। त्यसपछि ज्याकलिन पनि यो मुद्दामा तानिएकी हुन्।
भारतीय अखबार इन्डिया टुडेका अनुसार सुकेशले ज्याकलिनलाई ५ करोड ७१ लाखको उपहार दिएका थिए।
इडीले ज्याकलिनलाई पहिलै सुकेश अपराधी भनि थाहा भएको र उनले सुकेशसँग जबरजस्ती पैसा असुल्ने गरेको दाबी गरेको छ।
प्रहरीका अनुसार सुकेशले ठगी गरेको रकमबाट ज्याकलिनलाई दश करोड भारूभन्दा बढीको महँगो उपहार, एउटाको ९ लाख भारु पर्ने चार वटा पर्सियन बिरालो र ५२ लाख भारू पर्ने घोडा उपहार दिएका थिए।
सुकेशले ज्याकलिनका पारिवारलाई पनि मोटो रकम पठाएको खबर बाहिरिएको छ।