बलिउड अभिनेता अजय देवगन, सिद्धार्थ मल्होत्रा र रकुलप्रीत सिंह अभिनीत फिल्म 'थ्यांक गड' २५ अक्टोबर अर्थात् कात्तिक ८ गतेदेखि प्रदर्शन हुँदैछ।
इन्द्र कुमारकाे निर्देशन तथा लेखन रहेकाे फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्ने फिल्मकर्मीको आशा छ। निर्माताहरूले फिल्मको प्रमोशनमा कुनै त्रुटि राखेका छैन। यसैबीच फिल्मबाट कलाकारहरूले कति पारिश्रमिक लिए भन्ने खबर बाहिरिएको छ।
अजय देवगन
यो फिल्मको लागि अजय देवगनले सबैभन्दा बढी पारिश्रमिक लिएका छन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरण अनुसार उनले २५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका हुन्। फिल्ममा भगवान चित्रगुप्तको भूमिका निर्वाह गरेका छन्।
सिद्धार्थ मल्होत्रा
यो फिल्ममा सिद्धार्थ करिब ७ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन्। फिल्ममा उनले सामान्य व्यक्तिको भूमिका निर्वाह गरेका छन्। जसको भेट भगवान चित्रगुप्तसँग हुन्छ।
रकुलप्रीत सिंह
भारतीय सञ्चारमाध्यमका अनुसार रकुलप्रीत सिंहको पारिश्रमिक निकै कम छ। उनले सिद्धार्थको भन्दा आधा पारिश्रमिक पाएकी छन्। उनले करिब ३ करोड ५ लाख भारतीय रुपैयाँ पारिश्रमिक लिएकी हुन्। यो फिल्म अगाडि रकुल र अजय ‘रनवे ३४’ मा एकसाथ देखिएका थिए।
नोरा फतेही
नोराले फिल्ममा आइटम डान्स गरेकी छन्। साथै उनी फिल्मको प्रमोशनको लागि पनि हिँडेकी थिइन्। त्यसैले निर्माताले उनलाई १ करोड ५० लाख भारतीय रुपैयाँ दिएका छन्।
कीकू शारदा
कमेडी रियालिटी शो ‘द कपिल शर्मा शो’ का चर्चित कमेडियन कीकू शारदा फिल्ममा महत्वपूर्ण भूमिकामा देखिँदैछन्। यो फिल्मको लागि उनले ७० लाख भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन्।