बलिउड अभिनेत्री रम्भाको कार दुर्घटना भएको छ।
भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार उक्त कारमा रम्भासहित उनकी छोरी साशा र आया (साशाको हेरचाह गर्ने) थिए।
दुर्घटनामा कारमा ठूलो क्षति हुनुका साथै रम्भाकी छोरी र आयालाई गम्भीर चोट लागेको छ। साशालाई अस्पतालमा भर्ना गरिएको छ।
अभिनेत्री रम्भाले आफ्नो इन्स्टाग्राममार्फत दुर्घटनाबारे जानकारी दिएकी हुन्।
‘हाम्रो कारलाई स्कुलबाट बच्चाहरू लैजाने बाटोमा अर्को कारले ठक्कर दियो। म छोरी र उसको आयासँग थिएँ। हामी सबैलाई सामान्य चोटपटक लागेको छ। मेरी सानी छोरी साशा अझै अस्पतालमा छिन्। उनको स्वास्थ्यको लागि प्रार्थना गर्नुहोस्,’ उनले लेखेकी छन्।
उनले दक्षिण भारतीय र बलिउड फिल्ममा काम गरेकी छन्। उनले ‘जुडुवा, घरवाली बाहरवाली र क्यूकि मै झुठ नही बोलता’ जस्ता थ्रपै फिल्ममा अभिनय गरेकी छन्।