बलिउड अभिनेता सलमान खानलाई केही महिना अगाडि ज्यान मार्ने धम्की आएको थियो। त्यसलाई मध्यनजर गर्दै महाराष्ट्र सरकारले सलमानको सुरक्षा बढाएको छ।
भारतीय सञ्चार माध्यम दैनिक भाष्करका अनुसार सलमानसँगै अमिताभ बच्चन, अक्षय कुमार र अनुपम खेरको पनि सुरक्षा बढाइएको छ। उनीहरूसँग २४ घण्टा सुरक्षा गार्ड रहनेछन्।
बलिउडका कलाकारहरूलाई धम्की आइरहन्छ, त्यसैले उनीहरूको सुरक्षा बढाइएकाे हो। उनीहरूलाई सुरक्षा दिने कि नदिने भनेर गुप्तचर विभागले रिपार्ट तयार पार्छ। यसैको आधारमा कुन कलाकारलाई कति खतरा भन्ने मापन गर्दै सुरक्षा दिइन्छ।
सलमान खान
महाराष्ट्र सरकारले सलमान खानको सुरक्षा बढाउँदै 'वाई प्लस' क्याटागोरी सुरक्षा दिएइको छ। अब उनीसँग हातहतियारसहित ४ जना सुरक्षा गार्ड रहनेछन्।
अभिताभ बच्चन
बलिउड अभिनेता अमिताभ बच्चनलाई 'एक्स' क्याटागोरीको सुरक्षा दिइएको छ। योभन्दा पहिला उनलाई मुम्बई पुलिसको सामान्य सुरक्षा दिइएको थियो। एक्स क्याटागोरीको सुरक्षा पाएसँगै अमिताभसँग २४ घण्टा २ सुरक्षा गार्ड रहनेछन्। दुई पुलिसले अलग-अलग तालिकामा उनको सुरक्षा गर्नेछन्।
अक्षय कुमार
अक्षय कुमारलाई महाराष्ट्र सरकारले 'एक्स' क्याटागोरीको सुरक्षा दिएको छ। उनीसँग ३ सुरक्षा गार्ड साथ रहनेछन्।
अनुपम खेर
अनुपम खेरलाई 'एक्स' क्याटागोरीको सुरक्षा दिइएको छ। उनको सुरक्षाको लागि ३ जना सुरक्षा गार्ड साथ रहनेछन्।
शाहरूख खान
शाहरूख खान प्रायः विवादमा फसिरहन्छन्। फिल्म ‘माई नेम इज खान’ को प्रदर्शनको क्रममा उनलाई धम्की आएको थियो। त्यसपछि मुम्बई पुलिसले उनको सुरक्षा बढाएको थियो।
आमिर खान
सन् २००१ मा अन्डरवर्ल्ड डनले आमिर खानसँग फिरौती मागेका थिए। त्यसपछि मुम्बई पुलिसले आमिरको सुरक्षा बढाएको थियो। उनी सधैँ सुरक्षा गार्डसँगै देखिन्छन्।
कंगना रनावत
केन्द्र सरकारले कंगना रनावतलाई 'वाई प्लस' सुरक्षा दिइएको छ। कंगना पहिलो अभिनेत्री हुन् जसले सरकारको तर्फबाट सुरक्षा पाएकी छन्। उनलाई सिआरपिएफको जवानले सुरक्षा दिइरहेका छन्।