बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान बलिउडमा डेब्यू गर्दैछन्।
उनले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै फिल्मको स्क्रिप्ट तयार भएको जानकारी दिएका हुन्।
‘स्क्रिप्ट पूरा भइसक्यो, अब एक्सन भन्न बाँकी छ,’ उनले लेखेका छन्। आर्यनले आफ्नै होम प्रोडक्सन रेड चिल्लीको फिल्म निर्देशन गर्दैछन्।
फिल्मसँगै उनी व्यापार/व्यवसाय गर्न पनि तयार भएका छन्।
भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार उनी भारतमा आफ्नो प्रिमियम भोड्का ब्रान्ड लञ्च गर्दैछन्।
उनी आफ्नो साथी बन्टी सिंह र लेटीसँग मिलेर भोड्का बनाउने कम्पनी खोल्ने योजनामा छन्।
भोड्का ब्रान्ड लञ्च गरेपछि उनी स्पिरिट मार्केट बिस्तारमा लाग्ने बताइएको छ। यस प्रोजेक्टको लागि उनले स्लेब भेञ्चर्स नामको एक कम्पनी खोलेका छन्।
आफ्नो व्यवसायको बारेमा कुराकानी गर्दै आर्यनले भने, ‘कुनै खाली समय भयो भने त्यहाँ अवसर हुन्छ। मलाई लाग्छ कि व्यवसाय अवसरको लागि हो।’