भारतीय अभिनेता कमल हसन राहुल गान्धीको 'भारत जोडो यात्रा' मा सहभागी भएका छन्।
राहुल गान्धीले जम्मू र कश्मीर हुँदै समापन गर्नुअघि ३ हजार ५७० किलोमिटर यात्रा गरी १२ राज्य समेट्ने छन्।उनको नेतृत्वमा कांग्रेसले ३ हजार किलोमिटर पदयात्रा गरिसकेका छ।
भारत जोडो यात्राको लाल किल्लामा पुगेपछि हसनले भने, ‘धेरै मानिसहरू मलाई सोध्छन् कि म यहाँ किन छु? म यहाँ भारतीयको रूपमा छु। मेरो बुवा कांग्रेसी हुनुहुन्थ्यो। मेरो विभिन्न विचारधारा थिएँ र आफ्नै राजनीतिक पार्टी खोलेको थिएँ तर देशको कुरा आउँदा सबै राजनीतिक दलको रेखा धमिलो हुनुपर्छ। मैले त्यो रेखालाई धमिलो पारेँ र यहाँ आएको छु।’
‘मैले ऐनाको अगाडि उभिएर आफैंलाई भनेँ- यो समय हो जब देशलाई मेरो सबैभन्दा बढी आवश्यकता छ। त्यसपछि म भित्रबाट आवाज आयो- कमल... भारत तोड्न मद्दत नगर्नू, एकजुट हुन मद्दत गर्नू,’ उनले भने।
दिल्लीमा भएको पदयात्रामा राहुल गान्धीको सम्पूर्ण परिवार पनि सहभागी थिए।