बलिउड अभिनेता शाहरूख खानकी छोरी सुहाना खान चर्चामा छिन्। उनी प्रेम सम्बन्धलाई लिएर चर्चामा आएकी हुन्।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार उनी अमिताभ बच्चनको नाती अगस्त्य नन्दासँग प्रेम सम्बन्धमा छिन्।
सुहाना र अगस्त्यले फिल्म ‘द आर्चिज’ मा एकसाथ काम गरेका थिए। यसै फिल्मको छायांकन सेटबाट उनीहरू नजिकिएका हुन्। यो उनीहरू दुवैको डेब्यू फिल्म हो।
पछिल्लो समय उनीहरू प्रायः एकसाथ देखिन्छन्। कपूर परिवारले आयोजना गरेको क्रिसमस पार्टीमा अगस्त्यले सुहानालाई आफ्नो साथीको रूपमा परिचित गराएका थिए।
अगस्त्यकी आमा श्वेता बच्चन पनि सुहानालाई एकदमै मन पराउँछिन्। सुहाना र अगस्त्यको प्रेम सम्बन्धलाई लिएर उनी सहमत रहेको बताइएको छ।
जोया अख्तरले निर्देशन गरेको फिल्म ‘द आर्चिज’ नेटफ्लिक्समा प्रदर्शन हुनेछ।
यस फिल्मबाट सुहाना र अगस्त्यसँगै श्रीदेवीकी छोरी खुसी कपूर पनि डेब्यु गर्दैछन्। फिल्ममा डट, मिहिर अहुजा, वेदाङ रैना र युवराज मेन्डाको पनि अभिनय छ।