केही समयअघि विश्व फिल्मको प्रतिष्ठित म्यागजिन ‘अम्पायर’ ले संसारका ५० महान् अभिनेताको सूची तयार पारेको थियो। उक्त सूचीमा बलिउडबाट शाहरूख खान मात्रै सामेल भएका थिए।
यस्तै भारतीय सञ्चारमाध्यमले भारतका ८ धनाढ्य अभिनेताको सूची तयार पारेको छ। उक्त सूचीमा दुई दक्षिण भारतीय अभिनेता सामेल छन्।
शाहरूख खान
भारतका सबैभन्दा धनी अभिनेता हुन् शाहरूख खान। उनीसँग लगभग ७०० मिलियन डलर (९ हजार १७६ करोड रूपैयाँ) को सम्पत्ति छ। उनको वार्षिक कमाइका हिसाबले एक दिनको कमाइ १ करोड ४ लाखभन्दा बढी हुन आउँछ।
अमिताभ बच्चन
भारतका दोस्रो धनी अभिनेता अमिताभ बच्चन हुन्। उनीसँग लगभग ५०० मिलियन डलर (६ हजार ५५४ करोड रूपैयाँ) को सम्पत्ति छ। ८० वर्षीय अमिताभको पनि वार्षिक कमाइका हिसाबले हरेक दिनको कमाइ लगभग १ करोड ३ लाख हुन्छ।
नागार्जुन अक्किनेनी
तेलुगु फिल्मका अभिनेता नागार्जुन अक्किनेनी भारतका तेस्रो धनी अभिनेता हुन्। उनीसँग लगभग ४५० मिलियन डलर (५ हजार ८९९ करोड रूपैयाँ) को सम्पत्ति छ। उनको वार्षिक कमाइका हिसाबले हरेक दिनको कमाइ लगभग ५० लाख रुपैयाँ हुन आउँछ।
सलमान खान
भारतका चौथो धनी अभिनेता हुन् सलमान खान। उनीसँग लगभग ३६० मिलियन डलर (४ हजार ५८८ रूपैयाँ) को सम्पत्ति छ। उनको वार्षिक कमाइका हिसाबले हरेक दिनको कमाइ लगभग १ करोड रुपैयाँ हुन्छ।
अक्षय कुमार
भारतका पाँचौं धनी अभिनेता हुन् अक्षय कुमार। उनीसँग लगभग ३२५ मिलियन डलर (४ हजार २६० करोड रूपैयाँ) को सम्पत्ति छ।
आमिर खान
बलिउड अभिनेता आमिर खान भारतका धनी अभिनेता सूचीको छैठौं नम्बरमा छन्। उनीसँग २२५ मिलियन डरल (२ हजार ९४९ करोड रूपैयाँ) को सम्पत्ति छ। उनको वार्षिक कमाइका हिसाबले हरेक दिनको कमाइ लगभग ३४ लाख हुन आउँछ।
राम चरण
दक्षिण भारतीय अभिनेता राम चरण भारतका धनी अभिनेता सूचीको सातौं नम्बरमा छन्। उनीसँग लगभग १८० मिलियन डलर (२ हजार ३५९ करोड रूपैयाँ) को सम्पत्ति छ। उनको वार्षिक कमाइका हिसाबले हरेक दिनको कमाइ २६ लाख रूपैयाँ हुन्छ।
ऋतिक रोशन
भारतका धनी अभिनेताको सूचीमा ऋतिक रोशन आठौं स्थानमा छन्। उनीसँग करिब १०० मिलियन डलर (१ हजार ३१० करोड रूपैयाँ) को सम्पत्ति छ। उनको वार्षिक कमाइका हिसाबले हरेक दिनको कमाइ लगभग ८ लाख रूपैयाँ हुन्छ।
(भारतीय सञ्चारमाध्यम एसियानेट न्यूजकाे सहयाेगमा तयार पारिएकाे)