बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म 'पठान' ओटिटीमा रिलिज गर्न दिल्ली अदालतले सर्त राखेको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार दिल्ली अदालतले ‘पठान’ को केही दृश्य परिवर्तन गर्न आदेश दिएको छ।
ओटिटी प्लेटफर्ममा दृश्यविहीनले पनि फिल्मको मजा लिन सकुन भन्दै फिल्मको दृश्य परिवर्तन गर्न आदेश दिएको हो।
अदालतले सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनबाट पुन: सेन्सर प्रमाण पत्र लिनपर्ने बताएको छ।
अदालतले फिल्मका निर्मातालाई २० फेब्रुअरीसम्म रिपोर्ट बुझाउन निर्देशन दिएको छ। तर अदालतले हलमा फिल्म प्रदर्शन गर्न कुनै रोकतोक लगाएको छैन।
यसअघि ‘पठान’ को १० स्थानमा सेन्सर गरिएको थियो। फिल्ममा समावेशी गीत ‘बेशरम रंग’ को दृश्य र फिल्मको संवाद परिवर्तन गरिएको थियो।
फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ। फिल्मको ट्रेलरलाई दर्शकसँगै फिल्मकर्मीहरूले पनि रूचाएका छन्।
सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख र दीपिकासँगै जोन अब्राहमको पनि मुख्य भूमिका छ।
जनावरी २५ मा फिल्म हिन्दी, तमिल र तेलुगू भाषामा प्रदर्शन हुनेछ।