यतिबेला भारतीय अभिनेत्री राखी सावन्त विवाहको खबरले चर्चामा छिन्।
उनले प्रेमी आदिल दुर्रानीसँग कानुनी विवाह गरेकी थिइन्। सामाजिक सञ्जालमा विवाहको तस्बिर र भिडिओ बाहिरिँदा समेत आदिलले राखी आफ्नो श्रीमती भएको अस्वीकार गरेका थिए।
आदिलले आफूलाई अस्वीकार गरेपछि राखी रुँदै मिडियासामु आएकी थिइन्।
भारतीय सञ्चारमाध्यम न्युज १८ का अनुसार राखी रोएको देखेपछि बलिउड अभिनेता सलमान खानले आदिलसँग फोनमा कुराकानी गरेका थिए।
उनीहरूको कुराकानी भएको केही समयपछि आदिलले राखीलाई आफ्नो श्रीमती स्वीकार गरेका छन्।
आदिल र राखीले एकसाथ अन्तर्वाता दिँदै विवाह गरेको बताएका हुन्।
‘सलमान भाइको फोन आएको थियो। सलमान भाइले भनेपछि उहाँले विवाह गरेको स्वीकार गर्नुभएको हो,’ राखीले भनिन्।
‘सलमान खानले मलाई विवाह गरेको भए स्वीकार गर नत्र अस्वीकार। जे साँचो हो त्यही बताऊ भन्नुभयो,’ आदिलले भने।
राखीले यसअघि रितेश पाण्डेसँग विवाह गरेकी थिइन्। राखी र रितेश ‘बिग बोस १५’ मा एकसाथ देखिएका थिए। शोबाट बाहिर आएको केही समयपछि उनीहरूको सम्बन्धविच्छेद भएको थियो।
राखी सावन्त भारतीय अभिनेत्री तथा मोडल हुन्।