बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणीको बिहे हुँदैछ।
यसअघि उनीहरूकाे विवाह ६ फेब्रुअरीमा हुने भनिएको थियो। बलिउड हंगामाका अनुसार उनीहरूको विवाह ७ फेब्रुअरीमा हुन लागेको हो। सञ्चारमाध्यमहरूलाई जानकारी नदिइएकाले उनीहरूको खास बिहेको दिन कहिले हो भन्ने यकिन नभएको हंगामाले लेखेको छ।
उनीहरूको विवाहको तयारी भने सुरू भइसकेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुवै जना आफन्त र परिवारसहित जैसलमेर पुगिसकेका छन्। उनीहरूको हिजो मेहन्दी समारोह भएको थियो भने आज संगीत समारोह हुँदैछ।
उनीहरूको विवाहमा सहभागी हुन भारतीय धनाढ्य मुकेश अम्बानीकी छोरी इशा अम्बानी, अभिनेता शाहिद कपूर, उनकी पत्नी मीरा राजपूत, करण जोहर, मनिष मल्होत्रालगायत जैसलमेर पुगेका छन्।
विवाह सम्पन्न भएपछि मुम्बईमा रिसेप्सन पार्टी आयोजना गरिनेछ।
फिल्म ‘शेरशाह’ को छायांकन क्रममा उनीहरू बीच प्रेम सम्बन्धको सुरूआत भएको थियो। सिद्धार्थ र कियाराले आफ्नो प्रेम सम्बन्धको बारेमा कहिलै खुलेर बोलेका थिएनन्। न त अस्वीकार नै गरेका थिए।
सबै तस्बिर: टाइम्स अफ इन्डिया