बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणीले बिहे गरेका छन्।
उनीहरूले मंगलबार बिहे गरेका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूको वैवाहिक समारोह जैसलमेरको सूर्यगढ दरबारमा थियो।
उनीहरूको विवाहमा भारतीय धनाढ्य मुकेश अम्बानीकी छोरी इशा अम्बानी, अभिनेता शाहिद कपूर, उनकी पत्नी मीरा राजपूत, करण जोहर, मनिष मल्होत्रा, जुही चावलालगायत जैसलमेर पुगेका थिए।
विवाह सम्पन्न भएपछि मुम्बईमा रिसेप्सन पार्टी आयोजना गरिनेछ।
फिल्म ‘शेरशाह’ को छायांकन क्रममा उनीहरूबीच प्रेम सम्बन्धको सुरूआत भएको थियो। सिद्धार्थ र कियाराले आफ्नो प्रेम सम्बन्धको बारेमा कहिलै खुलेर बोलेका थिएनन्। न त अस्वीकार नै गरेका थिए।


![Kiara Advani, Sidharth Malhotra wedding pictures OUT: The Shershaah couple's dreamy pics will make you say 'kisi ki nazar na lage' [VIEW HERE]](https://st1.bollywoodlife.com/wp-content/uploads/2023/02/FotoJet-2023-02-07T221653.172.jpg?impolicy=Medium_Widthonly&w=1280&h=900)
