शाहरुख खानको फिल्म ‘पठान’ रिलिज भएको दुई सातामा कीर्तिमानी कमाई गरेको छ।
फिल्मले दैनिकजसो नयाँ नयाँ कीर्तिमान आफ्नो नाममा लेखाइरहेको छ। गएको जनवरी २५ मा रिलिज भएको यो फिल्मले कमाईको मामिलामा धेरै ठूला चलचित्रलाई पछि पारेको छ।
सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्मले १५ दिनमा ८७९ करोड भारतीय रूपैयाँ कमाइसकेको छ।
फिल्म पठानले १५ औं दिनसम्ममा भारतमा मात्र ४५३.२५ करोडको ठूलो आँकडा पार गर्दा विश्वव्यापीरूपमा ८७९ करोडको ब्यापार गरेको छ।
पठानको कमाइ हेर्दा यसले छिट्टै ‘बाहुबली’ को कीर्तिमानसमेत तोड्ने अनुमान भारतीय विश्लेषकहरूले गरेका छन्।
हालसम्म प्रभास अभिनित बाहुबली-२ ले हिन्दी भाषामा सबैभन्दा धेरै कमाउने फिल्मको कीर्तिमान बनाएको छ। बाहुबली २ ले बक्स अफिसमा ५१०.९ करोडको व्यापार गरेको थियो। यस्तै केजिएफ-२ ले ४३४.६५ करोडको ब्यापार गरेको थियो। आमिर खानको सिनेमा दंगलले ३८७.२ करोडको ब्यापार गरेको थियो।
फिल्मले नेपाली बक्स अफिसमा समेत राम्रो व्यापार गरिरहेको छ। तर नेपालको कमाइ सार्वजनिक भइसकेको छैन। फिल्मले नेपाली बक्स अफिसमा १ सातामा ६ करोड कमाएको छ।
सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खानसँगै दीपिका पादुकोण, जोन अब्राहमको मुख्य भूमिका छ भने सलमान खानको अतिथि भूमिका छ। यो फिल्ममार्फत् शाहरूख खानले चार वर्षपछि कमब्याक गरेका हुन्।
शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दीपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा श्रीधर राघवन र संवाद अब्बास टायरवालाले तयार पारेका हुन्।