बलिउड अभिनेता शाहरूख खानको फिल्म ‘पठान’ ले विश्वभरबाट एक हजार करोड कमाएको छ।
जासुस थ्रिलर फिल्मबाट चार वर्षपछि उनी पर्दामा फर्किएका हुन्। उनलाई दर्शकले राम्रो साथ दिइरहेका छन्।
उनी सामाजिक सञ्जालमा सक्रिय रहन्छन्। उनको इन्स्टाग्राममा ३५.९ मिलियनभन्दा बढी फलोअर्स छन् तर उनले ६ जनालाई मात्र फलो गरेका छन्।
शाहरूख खानले फलो गरेका ६ जना को हुन्?
गौरी खान
शाहरूखले आफ्नी श्रीमती गौरी खानलाई फलो गरेका छन्। उनीहरूले सन् १९९१ मा विवाह गरेका थिए। उनीहरूको तीन सन्तान छन्– आर्यन, सुहाना र अबराम।
आर्यन खान
शाहरूखले आफ्नो जेठो छोरा आर्यन खानलाई पनि इन्स्टाग्राममा फलो गरेका छन्। इन्स्टाग्राममा आर्यनको २४ लाख फलोअर्स छन्। आर्यन खान बलिउडमा डेब्यू गर्दैछन्। उनी आफ्नै होम प्रोडक्सन रेड चिल्लीको फिल्म निर्देशन गर्न तयारीमा छन्।
फिल्मसँगै उनी व्यापार/व्यवसाय गर्न पनि तयार भएका छन्। उनी भारतमा आफ्नो प्रिमियम भोड्का ब्रान्ड लञ्च गर्दैछन्। यस प्रोजेक्टको लागि उनले स्लेब भेञ्चर्स नामको एक कम्पनी खोलेका छन्।
सुहाना खान
शाहरूखले आफ्नी छोरी सुहानालाई इन्स्टाग्राममा फलो गरेका छन्। शाहरूख आफ्नी छोरीसँग निकट छन्। शाहरूख सुहानाको तस्बिरहरूमा रोचक र व्यंग्यात्मक कमेन्ट गरिरहेका हुन्छन्।
२२ वर्षीया सुहाना नेटफ्लिक्स फिल्म ‘द आर्चिज’ बाट अभिनयमा डेब्यू गर्दैछिन्। जोया अख्तरले निर्देशन गरेको फिल्ममा अमिताभ बच्चनको नाति अगस्त्य नन्दा र श्रीदेवी र बोनी कपूरकी छोरी खुशी कपूर पनि अभिनयमा डेब्यू गर्दैछन्।
आलिया छिबा
शाहरूखले इन्स्टाग्राममा फलो गर्ने ६ जनामध्ये चौथो व्यक्ति पनि परिवारका सदस्य हुन्। आलिया गौरी खानको भाइकी छोरी हुन्। उनी सुहाना, आर्यन र अबरामसँग नजिक छिन्।
पूजा ददलानी
शाहरूखले आफ्नो म्यानेजर पूजा ददलानीलाई पनि फलो गरेका छन्। पूजा २०१२ देखि शाहरूखकी म्यानेजर छिन्। उनी विभिन्न कार्यक्रममा शाहरूखसँग फोटो खिच्ने गर्छिन्। उनी अनन्त अम्बानी र राधिका मर्चेन्टको इन्गेजमेन्ट पार्टीमा गएकी थिइन्। उक्त पार्टीमा उनले आफ्नाे श्रीमान र शाहरूखसँग खिचेकाे तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्।
शाहरूखकी श्रीमती गौरीले पूजाको नयाँ घर डिजाइन गरेकी थिइन्।
काजल आनन्द
परिवार र म्यानेजर बाहेक शाहरूख खानको इन्स्टाग्राम फलोइङ लिस्टमा काजल आनन्दको नाम पनि समावेश छ। काजल शाहरूखकी नजिककी साथी हुन्। उनलाई फिल्म क्षेत्रका मानिसले पुतलु भनेर सम्बोधन गर्छन। उनको इन्स्टाग्राममा यही नाम छ। उनी पेसाले वकिल हुन्। उनी सञ्जय दत्तकाे कानुनी टोलीकी सदस्य थिइन् तर उनले अहिले वकिल पेसा छाडेर फेसन डिजाइनमा लागेकी छन्।