बलिउड अभिनेता पंकज त्रिपाठीले फिल्म 'आजमगढ' का निर्माताविरूद्ध नोटिस पठाएका छन्।
फिल्मको प्रमोशनमा आफ्नो नाम प्रयोग गरेको भन्दै उनले निर्माताविरूद्ध नोटिस पठाएका हुन्। उनले निर्मातालाई २४ घन्टाभित्र जवाफ दिन माग गरेका छन्।
यो फिल्म ५ वर्षअघि छायांकन गरिएको थियो। फिल्ममा पंकज त्रिपाठीको केमियो भूमिका छ। फिल्ममा उनी युवालाई आतंकवादमा धकेल्ने पात्रको रूपमा छन्।
कमलेश के मिश्राले निर्देशन गरेको फिल्म सत्य घटनामा आधारित छ।
भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार फिल्मको प्रदर्शन मितिबारे पंकजलाई जानकारी दिइएको थिइएन। ‘आजमगढ’ को पोस्टर भाइरल भएपछि उनले प्रदर्शन मितिबारे जानकारी पाएका थिए।
पंकज आगामी फिल्म 'ओ माई गढ २' मा देखिनेछन्। फिल्ममा अक्षय कुमार र यामी गौतमको पनि मुख्य भूमिका रहने छ।
यो फिल्म बाहेक उनी 'फुकरे ३' र 'मेट्रो इन दिनो' मा देखिनेछन्।