बलिउड अभिनेता अमिताभ बच्चन फिल्म छायांकनकाे क्रममा घाइते भएका छन्।
हैदराबादमा फिल्म 'प्रोजेक्ट के' को एक एक्सन दृश्य छायांकन गर्दा उनी घाइते भएका हुन्। उनले आफ्नो ब्लगमार्फत उक्त जानकारी दिएका छन्।
‘हैदराबादमा प्रोजेक्ट केको एक एक्सन दृश्य छायांकनको क्रममा घाइते भएँ। करङको मांसपेशी च्यातिएको छ। छायांकन रोकिएको छ। हैदराबादको एआईजी अस्पतालमा सिटी स्क्यान गरेर घर फर्किएको छु। धेरै दुख्छ। आवातजावत र श्वासप्रश्वासमा पनि समस्या छ। केही औषधि दिइएको छ। निको हुन केही समय लाग्छ,’ उनले लेखेका छन्।
अभिनेता अमिताभले ट्विटरमार्फत आफ्ना शुभचिन्तकलाई धन्यवाद व्यक्त गरेका छन्।
‘तपाईहरूको चिन्ता र शुभकामनाको लागि आभार र माया। तपाईहरूको प्राथना नै उपचार हो,’ उनले लेखेका छन्।
प्रशान्त निलले निर्देशन गरेको फिल्ममा अमिताभसँगै प्रभास, दीपिका पादुकोण र दिशा पटानीको मुख्य भूमिका छ।